१८ असार २०८३, बिहीबार

प्रदेश सरकार धर्मरायो

असार २२, २०८१
काठमाडौं
प्रदेश सरकार धर्मरायो

सङ्घमा सत्ता समीकरणमा परिवर्तन भएसँगै प्रदेशमा पनि सत्ता परिवर्तन हुने क्रमले यो पटक पनि निरन्तरता पाउने भएको छ । 

सङ्घमा पछिल्लो पटक भएको सत्ता खेलको प्रभाव बागमती प्रदेशमा समेत देखिएको छ । सङ्घमा यसअघिको सत्ता समीकरणमा परिवर्तन भएर दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता साझेदारी गर्ने सहमति गरेसँगै बागमती प्रदेशमा पनि त्यसको प्रभाव पर्ने भएको हो ।

सङ्घको सत्ता समीकरण परिवर्तनले बागमती प्रदेशका नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको छ । कांग्रेस र एमालेले केन्द्रमा नयाँ समीकरण बनाउने निर्णय गरेसँगै बागमती प्रदेशमा कांग्रेस र एमाले औपचारिक र अनौपाचारिक छलफलमा जुटेका छन् ।

२०७९ मा भएको निर्वाचनपछि सङ्घीय सरकारमा जस्तै यस प्रदेशमा पनि तीन पटक विश्वासको मत लिएर जम्कट्टेल निरन्तर मुख्यमन्त्रीमा रहेका छन् । गोरखापत्रमा खरब छ । 
 

salt training

कमेन्ट गर्नुहोस्