२४ असार २०८३, बुधबार

यी क्षेत्रमा भारी वर्षा, नदी र खोलामा बाढीको खतरा

असार २२, २०८१
काठमाडौं
यी क्षेत्रमा भारी वर्षा, नदी र खोलामा बाढीको खतरा

देशका विभिन्न ठाउँमा रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपूर, डोटी, डडेल्धुरा र आसपासका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार यी क्षेत्र आसपास भई बहने अधिकांश स-साना नदीमा बहाव बढ्ने र बाढीको सम्भावना छ । 

केही स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिमसमेत छ । यी क्षेत्रका नदी तथा खोला आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आज र भोलि बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकाली, पश्चिम सेतीलगायत नदीको जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । 

यी नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्