२७ असार २०८३, शनिबार
राजनीतिक समीकरण हेरफेर

मधेशमा चार दलका ६ मन्त्री बर्खास्त

असार २२, २०८१
काठमाडौं
मधेशमा चार दलका ६ मन्त्री बर्खास्त

मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका छन् ।

सिंहले शनिबार विश्वासको मत लिनुअघि नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरू बर्खास्त गरेका हुन् ।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएअनुसार ६ मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए ।

उनीहरूले राजीनामा नदिएपछि आफूले बर्खास्त गर्नुपरेको उनले बताए । 'केन्द्रमा नयाँ समीकरण बनेपछि मैले उहाँहरूलाई राजीनामा दिनुस् भनेर आग्रह गरेको थिएँ । उहाँहरूले मान्नुभएन । बरु बर्खास्त गर्नुस् भन्नुभयो,' सिंहले लोकान्तरसँग भने, 'उहाँहरूले नै गर्नुस् भनेपछि बर्खास्त गरेको हुँ ।'

मधेशमा अब अब नेपाली कांग्रेससहित लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ।

सिंहले आजै प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

salt training

कमेन्ट गर्नुहोस्