
फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दल बैठक शनिवार जारी छ । बैठक अपरान्ह ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा शुरू भएको हो ।
संसदीय दल कार्यसमितिको बैठक सकिएपछि संसदीय दलको बैठक बसेको कांग्रेसले जनाएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्नेगरी नेकपा (एमाले)सँग मिलेर नयाँ सत्ता समीकरणको सहमति गरेपछि पहिलोपटक कांग्रेस संसदीय दलको बैठक बसेको हो ।
कांग्रेससँगको सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राजीनामा नदिने अडान लिएका प्रधानमन्त्री प्रचण्डले संसद् ’फेस’ गर्ने भएका छन् । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने लिँदैछन् ।