१९ असार २०८३, शुक्रबार

बागमती नदीमा फसेका ३ जनाको उद्धार

असार २२, २०८१
काठमाडौं
बागमती नदीमा फसेका ३ जनाको उद्धार
फाइल तस्वीर

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले बागमती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ ।

कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कूल नजिकै बागमती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको एपीएफको गोताखोरले सकुशल उद्धार गरेको सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जना गोताखोरसहित १५ जना र नं १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको थापाले बताए ।​

salt training

कमेन्ट गर्नुहोस्