१९ असार २०८३, शुक्रबार

राष्ट्रिय राजनीतिको समस्या समाधान गर्न एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ: अध्यक्ष नेपाल

असार २२, २०८१
काठमाडौं
राष्ट्रिय राजनीतिको समस्या समाधान गर्न एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) सँग आफूहरुले विद्रोह गर्नु जायज रहेको विभिन्न समयका घटनाक्रमले पनि पुष्टि गरेको बताएका छन् । 

पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले विद्रोह नगरेको भए मुलुकमा कम्युनिष्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने अवस्था रहेको बताए । 

निरङ्कुशताविरुद्धको सङ्घर्षमा चुनौतीको सामना गरेर अघि बढ्ने आँट गरेका कारण विद्रोहको औचित्य पुष्टि भएको बताउँदै उनले भने, “विद्रोहको औचित्य पुष्टि भएन भन्ने कुरा सुन्दै नसुन्नूस् । तुरुन्त खण्डन गर्नूस् ।”

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले वर्तमान सरकारलाई अन्तिम समयसम्म पनि समर्थन कायमै रहेको बताए ।  राष्ट्रिय राजनीतिमा देखापरेका समस्या समाधान गर्न आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए । 

सो पार्टीका सम्मानित नेता झलनाथ खनालले विगतमा दुई तिहाइ बहुमत नजिक रहेको कम्युनिष्ट सरकार केही नेताको आत्मा केन्द्रित स्वार्थले तहसनहस भएको घटनाबाट शिक्षा लिएर वामपन्थी एकताका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । रासस

salt training

कमेन्ट गर्नुहोस्