२२ असार २०८३, सोमबार

पृथ्वीराजमार्ग अवरुद्व, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

असार २२, २०८१
काठमाडौं
पृथ्वीराजमार्ग अवरुद्व, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

 पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यस राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधानले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दे–६ र शुक्लागण्डकी–७ जोड्ने फेदीखोलामा आएको बाढीले कल्भर्ड बगाएपछि समस्या पैदा भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । राजमार्ग हुँदै यात्रा गर्ने सवारी चालक र सर्वसाधारणलाई वैकल्पिक मार्गको प्रयोग गर्न र सतर्कता अपनाउन अनुरोध गरिएको हो ।  

सडक डिभिजन कार्यालयको समन्वयमा आइतबार पुनः कल्र्भट राखेर सवारीसाधान सञ्चालन गर्ने योजना रहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । 

salt training

कमेन्ट गर्नुहोस्