२३ असार २०८३, मंगलबार
बाढी-पहिरोको वितण्डा

देशभरका दुई दर्जन सडक पूर्णरुपमा अवरुद्ध, कुन–कुन सडक खुले ? [सूचीसहित]

असार २२, २०८१
काठमाडौं
देशभरका दुई दर्जन सडक पूर्णरुपमा अवरुद्ध, कुन–कुन सडक खुले ? [सूचीसहित]

देशभरका दुई दर्जन सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । अविरल वर्षासँगैको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका २४ सडक पूर्णरुपमा अवरुद्ध बनेका हुन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार पहिरोका कारण ललितपुरको बागमती गाउँपालिका ३ स्थित कान्ति लोकपथ सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । 
यसैगरी संखुवासभाको मकालु गाउँपालिका ३ स्थित दक्षिण कोशी राजमार्ग र  भोटखोला गाउँपालिका ४ स्थित कोशी राजमार्ग पनि बाढीका कारण पूर्णरुपमा अवरुद्ध बनेको छ । यसैगरी पहिरोका कारण खोटाङस्थित मध्यपहाडी लोकमार्गपनि पूर्णरुपमा अवरुद्ध बनेको छ । 

यसैगरी स्याफ्रुबेसी–थाम्बुचेत सडक खण्ड, चामे–बेसीसहर सडक, बेनी दरबाङ सडक, बेनी–जोमसोम सडकका साथै नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर पनि बाढी तथा पहिरोका कारण पूर्णरुपमा अवरुद्ध बनेको छ । 

यसैगरी प्युठानको स्याउलीवा बाग्दुला सडकखण्ड, दाङ–प्युठान सठकखण्ड, पाल्पाको रिडी–बागलुङ सडकखण्ड, गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड, पाल्पा–गुल्मी सडक पनि पूर्णरुपमा अबरुद्ध बनेको छ । 

यस्तै अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क सडकखण्ड, पाल्पा अर्घाखाँची सडकखण्ड, सहिद राजमार्गसहितका विभिन्न सडकहरु पनि पूर्णरुपमा अवरुद्ध भएको भन्दै प्रहरीले कतिपय सडक वर्षाभरि खुल्न नसक्ने स्पष्ट पारेको छ । 

दिउँसो अवरुद्ध भएका थप केही सडक भने खुलेका छन् । यस्तै कतिपय सडक एकतर्फी सञ्चालनमा आएका छन् । 
सडक अवरुद्ध र खुलेकाको विवरणः

nullnull

salt training

कमेन्ट गर्नुहोस्