
अविरल वर्षापछि पहिरो खस्दा पोखरामा १ जनाको मृत्यु भएको छ । पोखरा ममहानगरपालिका वडा नम्बर २७ स्थित सहेलपाटाका मन बहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षीय छोरा भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार ५० वर्षकी कमला थापालाई भने सकुसल उद्धार गरिएको छ ।