२३ असार २०८३, मंगलबार

लुटिएको सुन खोजिदिन्छु भन्दै प्रहरीले लिए साढे ८ लाख !

वरिष्ठ हवल्दार १७ दिनदेखि सीआईबीको हिरासतमा
असार २६, २०८१
काठमाडौं
लुटिएको सुन खोजिदिन्छु भन्दै प्रहरीले लिए साढे ८ लाख !

लुटिएको सुन खोजिदिन्छु भनेर पीडितबाट पैसा लिएको आरोपमा प्रहरीका एक जना वरिष्ठ हवल्दार पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दरबन्दी रहेका सुन्दर नेपाली विगत १७ दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् ।

नेपालीले लुटिएको सुन फेला पारिदिने भन्दै एक जना पीडितबाट साढे आठ लाख रुपैयाँ लिएको गुनासो आएपछि सीआईबीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा नेपालीले साढे दुई लाख रुपैयाँ लिएको स्वीकार गरेका छन् ।

तर सुन कति थियो र कसले लग्यो भन्ने खुल्न बाँकी रहेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।

सीआईबीले नेपालीविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्