२३ असार २०८३, मंगलबार

विपद्‌बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

असार २६, २०८१
काठमाडौं
विपद्‌बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले बाढीपहिरो लगायतका प्राकृतिक विपद्‌मा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांगेसले आज विज्ञप्तिमार्फत विपद्‌बाट उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसले माग गरेको छ ।​

यस्तै, प्रभावित क्षेत्रमा यथाशीघ्र ​उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न पनि कांग्रेसले तीनवटै तहका सरकारसँग आग्रह गरेको छ ।

'सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेस सरकारसँग आग्रह गर्दछ,' विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबैले एकापसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका जनशक्तिलाई परिचालन गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन अपिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्