
स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित चितवनका माधव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई बुधबार सुन्धाराबाट नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार श्रेष्ठबाट पाँच सय र हजार दरका नोट गरि ३८ लाख बरामद भएको हो ।
उनले हुन्डीमार्फत कारोबार गर्न खोजेको आशंका प्रहरीको छ ।
प्रहरीले श्रेष्ठले प्रयोग गर्ने स्कुटर र मोबाइलसमेत बरामद गरेको छ ।