०५ साउन २०८३, मंगलबार

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना, १२ जनाको मृत्यु

असार २६, २०८१
काठमाडौं
दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना, १२ जनाको मृत्यु

दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको छ । ​

मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चाहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

टेलिभिजनमा प्रसारण तस्वीरहरूले शहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्ण रूपमा नष्ट भएको देखाएको छ  ।​

'यो दुखद घटनाबाट म निकै दुःखी छु । हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपूर्ण घटना हो । हामी मृतकको परिवारप्रति समवेदना प्रकट गर्दछौं र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,' गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले भने ।

कमेन्ट गर्नुहोस्