०६ साउन २०८३, बुधबार

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्सानबीच त्रिपक्षीय सम्झौता

उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाहमा सहज
असार २६, २०८१
काठमाडौं
ग्लोबल आईएमई बैंक, आईएमई र जाल्सानबीच त्रिपक्षीय सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड र जापानीज भाषा विद्यालय संघ नेपाल (जाल्सान)बीच त्रिपक्षीय सम्झौता भएको छ । 

उक्त समझदारीमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूलाई सहज शैक्षिक कर्जा प्रवाह गरिनेछ ।

जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

उक्त शैक्षिक कर्जाले जापान जाने विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने बैंकको विश्वास छ । ​​

जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ । 

यसैगरी, आईएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूको कलेज शुल्क, भिसा शुल्क लगायतका भुक्तानीका लागि विद्यार्थीहरूलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ ।

जापान गए पश्चात्  विद्यार्थीहरूले जापानबाट आफ्नो देशमा आईएमईबाटै सरलताका साथ पैसा पठाउन सक्नेछन् । 

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधासहितका योजना मार्फत आफ्ना ४८ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्