२४ असार २०८३, बुधबार

उत्तर कोरियाको सेना युद्धका लागि तयार छैन, लुकाइएर ल्याइएका तस्वीरबाट खुलासा

कात्तिक २०, २०७४
उत्तर कोरियाको सेना युद्धका लागि तयार छैन, लुकाइएर ल्याइएका तस्वीरबाट खुलासा

काठमाडौं, ७ कात्तिक — किम जोङ–उनको सेना युद्धका लागि तयार अवस्थामा नदेखिएको त्यहाँबाट गोप्य रूपमा बाहिर ल्याइएको तस्वीरहरूले देखाएका छन् ।


एक विदेशी पर्यटकले हालै उत्तर कोरियाको भ्रमण गरेर खिचेको तस्वीरमा सैनिकहरू सडकछेउमा उँघिरहेको अनि भाँचिएको ट्रकमा काम गरिरहेको देखिन्छ ।

एउटा फोटोमा एक महिला सैनिकले हाई हील लगाएर ड्युटी बजाइरहेको अनि अर्कोमा चाहिँ ६ सीटे गाडीमा १४ जना कोचिएको देखिन्छ ।


आफ्नो नामको खुलासा गर्न नचाहने फोटोग्राफरले बताएअनुसार, उनले देखेका सैनिकहरू दक्षिण कोरियासँगको सीममा समेत युद्धका लागि तयार छैनन् ।

उनले भने, ‘मैले खिचेको फोटोबाहेक अरू सैनिकहरू मैले देखिनँ । अनि तीमध्ये कुनै पनि युद्धका लागि तयार देखिएनन् । निःशस्त्रीकृत क्षेत्रमा सैनिकहरू अवश्य थिए तर हामीले देखेका सबैजना गाइड मात्र थिए ।’
उत्तर कोरियाले आफ्नो देशमा विदेशीलाई फोटो खिच्न दिँदैन र कसैले खिचिहालेमा डिलिट गरिदिन्छ ।

तर यी तस्वीरहरू दुईवटा मेमोरी कार्ड भएको क्यामराबाट खिचिएका थिए । फोटो डिलिट भयो भने पनि त्यसको ब्याकअप रहन्छ ।

विज्ञहरूले उत्तर कोरियाको सेना छिमेकी दक्षिण कोरियाको भन्दा अत्यन्तै कम क्षमताको भएपनि किमको सेनालाई कम आँक्न नमिल्ने बताएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्