२३ असार २०८३, मंगलबार

मौसम पूर्वानुमान महाशाखाले भन्यो– मनसुन सक्रिय छ, सतर्क रहनू

असार २७, २०८१
काठमाडौं
मौसम पूर्वानुमान महाशाखाले भन्यो– मनसुन सक्रिय छ, सतर्क रहनू

मौसम पूर्वानुमान महाशाखाले बुधवार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय रहेकाे जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको छ ।  बुधवार रातिबाट उक्त रेखा अझ नेपालतिर सरेकाे देखिएको महाशाखाले जनाएको छ ।    साथै बिहीवारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको हो । महाशाखाले बुधवार राति मनसुन विशेष बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो ।  

असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।

त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्