२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

असार २७, २०८१
काठमाडौं
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । 

बिहीबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारीगरी शुक्रबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका हुन् । 

‘असार २८ गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका माननीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको छ,’ लेखेकको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन् । असार १७ गते राति एमालेसँग मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । एमाले र जसपाले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । 

कांग्रेससँगको सहमतिपछि एमाले अध्यक्ष केपी ओली पहिलो दुई वर्ष प्रधानमन्त्री बन्दैछन् । त्यसपछिको डेढ वर्षमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ । 

यसअघि चारपटकसम्म विश्वासको मत पाए पनि पाँचौपटक भने प्रचण्डले विश्वासको मत नपाउने निश्चित देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्