१३ असार २०८३, शनिबार

४ जना मृत अवस्थामा फेला

असार २७, २०८१
काठमाडौं
४ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरीको खडक नगरपालिका-८ बिसनपुर स्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भा देवी चौधरी कलवार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

पाल्पाको माथागढी गाउँपालिका-४ झडेवा स्थित झडेवा खोलामा पनि सोही गाउँपालिका-४ बस्ने ७९ वर्षीया पदम कुमारी घर्ती क्षेत्री बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी पाल्पाकै रम्भा गाउँपालिका-१ सर्दी स्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

मोरङको रतुवामाई नगरपालिका-१० कट्नु नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्