
पोखराको चैनपुरमा पनि पहिरो गएको छ । वडा नम्बर ३२ स्थित उक्त पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेमा अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र ९ वर्षीय प्रतिक सुवेदी छन् । गएराति २ बजेतिर पहिरो खस्दा आरति ओझाको घर पुरिएको र उक्त घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका क्षेत्रमै गएराति गएको अर्को पहिरोमा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको थियो ।