
त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाकाे टोली खटिएकाे छ । सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको हो ।
अविरल वर्षाका कारण शुक्रबार बिहान करिब ३ बजेको समयमा चितवन भरतपुर नगरपालिका–२९ सिमलताल भन्ने ठाउँमा पहिरो खस्दा दुईवटा बस त्रिशुलीमा खसेर बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बल मुख्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर (माइक्रो बस)मा २०–२१ जना र काठमाडौंबाट गाैर जाँदै गरेको गणपति डिलक्समा ४१ जना सवार बस त्रिशूलीमा खसेको हो ।
दुवै बस हालसम्म बेपत्ता छन् । गोताखोरको टोली नदीभित्र पसेर बेपत्ता बसको खोजी गरिरहेको जानकारी डीएसपी थापाले दिए ।