२९ असार २०८३, सोमबार

बाढीपहिरो पीडितका पक्षमा प्रभावकारी काम गर्न शेखरकाे माग

असार २८, २०८१
काठमाडौं
बाढीपहिरो पीडितका पक्षमा प्रभावकारी काम गर्न शेखरकाे माग

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही दिनदेखि अविरल वर्षाको कारण देशभर बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको भन्दै पीडितको उद्धार र राहतकाे लागि प्रभावकारी काम गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् । 

शुक्रबार सामाजिक संजालमा लेख्दै कोइरालाले पीडितको उद्धार, व्यवस्थापन र खोजीको लागि तीनवटै सरकारलाई नागरिकले अनुभूति हुने गरी काम गर्न पनि माग गरेका छन् । साथै पीडितलाई राहत र घाइते उद्धारमा  जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

‘विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेको छ । बाढी–पहिरोमा परि कैयौं नागरिकहरू बेपत्ता छन् । पीडितहरूको उद्धार र उनीहरूरुको व्यवस्थापन तथा बेपत्ताहरूको खोजी कार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरोस् भन्ने आग्रह गर्दछु,’ शेखरले भनेका छन्, ‘प्राकृतिक प्रकोपको यस समयमा उद्धार कार्यमा जुट्न कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह समेत गर्दछु । बाढी-पहिरोमा परि मृत्यु हुनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।'

salt training

कमेन्ट गर्नुहोस्