०८ साउन २०८३, शुक्रबार
प्रतिनिधि सभा बैठक

संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रक्रिया शुरू

असार २८, २०८१
काठमाडौं
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रक्रिया शुरू

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रक्रिया प्रतिनिधि सभा बैठकमा शुरू भएको छ । शुक्रवार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव राखेका हुन् ।
 
सत्तासाझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले संसद्‌मा विश्वासको मत माग्न लागेका हुन् ।

२०७९ पुस २६ पछि प्रचण्डले संसद्‌मा ४ पटक विश्वासको मत लिइसकेका थिए । प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि अन्य दलका नेताले बोल्ने छन् । 

अल्पमतमा परेका प्रचण्ड ५ औं पटक भने सत्ताच्युत हुँदैछन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुक्रवार नै शुरू गर्ने नेपाली कांग्रेस र एमालेको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्