२१ असार २०८३, आइतबार

नारायणगढ–मुग्लिन सडक : ​कालिखोलाको पहिरो हटाएर दुईतर्फी सञ्चालन, सिमलतालको पहिरो पन्छाइँदै​

असार २८, २०८१
काठमाडौं
नारायणगढ–मुग्लिन सडक : ​कालिखोलाको पहिरो हटाएर दुईतर्फी सञ्चालन, सिमलतालको पहिरो पन्छाइँदै​

लगातारको वर्षासँगैको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।​

उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुईतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।​

सिमलतालमा दुईतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।​

सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसको खोजीकार्य जारी छ ।

अहिले बस र यात्रुको खोजीका लागि धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्