१४ असार २०८३, आइतबार

‘रेड जोन’ मा रात्रिकालीन यातायात सञ्चालन नगर्ने निर्णय

असार २८, २०८१
काठमाडौं
‘रेड जोन’ मा रात्रिकालीन यातायात सञ्चालन नगर्ने निर्णय

मौसम विभागले 'रेड अलर्ट' जारी गरेका जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइने भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा यातायात व्यवसायीसँग भएको छलफलमा 'रेड अलर्ट' जारी भएका जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री रवि लािमछानेले जानकारी दिए । 

आज बिहान नारायणगढ-मुग्लिन सडक २ वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको थियो ।

धेरै पानी परेको र पहिरो जानेजस्तो सम्भावना भएका ठाउँलाई रेड जोनमा राखिने उनले बताए । 

मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र (रेड जोन) तोक्ने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्