०५ साउन २०८३, मंगलबार

बाढीपहिरोबाट सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र बनाउन महासङ्घको माग

असार २८, २०८१
काठमाडौं
बाढीपहिरोबाट सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र बनाउन महासङ्घको माग
फाइल फोटो

नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीनको खोजी तीव्र बनाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले आज विज्ञप्ति जारी गरी पीडितका लागि उचित बसोवास, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत व्यवस्था मिलाउन माग गरेका हुन् ।

महासङ्घका सबै तहलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा दुई वटा बस दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्दै महासङ्घले यस्तो अवस्था नआउने गरी काम गर्न  सरकारसँग माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्