०८ असार २०८३, सोमबार

पदमुक्त भएलगत्तै शीतल निवास पुगे प्रचण्ड

असार २८, २०८१
काठमाडौं
पदमुक्त भएलगत्तै शीतल निवास पुगे प्रचण्ड

प्रतिनिधिसभा बैठकमा विश्वास गुमाएपछि पदमुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । संसद्‌मा विश्वसको मत नपाएलगत्तै उनी शीतल निवास पुगेका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गर्न प्रचण्ड शीतल निवास गएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । ‘प्रधानमन्त्री संसद्‌मा भएको गतिविधिको रिपोर्टिङ गर्न राष्ट्रपति कार्यालयमा जानुभएको छ,’ प्रतिनिधिसभा बैठकपछि सापकोटाले भने, ‘यहाँका सबै गतिविधिको रिपोर्टिङ गर्न शीतलनिवासमा जानुभएको हो । राष्ट्रपतिले संविधानअनुसार गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

शुक्रबार उपस्थित २५८ सांसदमध्ये प्रचण्डले जम्मा ६३ सांसदको मात्रै समर्थन पाएका थिए । उनको प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । प्रचण्डले विश्वासको मत नपाएसँगै अब कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने तयारीमा छन् । 

यसका लागि आजै हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी गर्ने जानकारी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दिए । कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्