१४ असार २०८३, आइतबार

प्रचण्ड आजै खुमलटार सर्ने

असार २८, २०८१
काठमाडौं
प्रचण्ड आजै खुमलटार सर्ने

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीमा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति कार्यालयबाट सोझै निवास निवास जाने भएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नपाएपछि प्रचण्ड यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएर सोझै ललितपुरको खुमलटारस्थित निजी निवासमा फर्किने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

‘प्रतिनिधि सभामा विश्वासको मतको प्रक्रियापछि यसको जानकारी गराउने र बिदाइ भेटको लागि प्रधानमन्त्री शीतलनिवास पुग्नुभएको छ,’ आचार्यले भने, ‘राष्ट्रपतिलाई जानकारी गराएपछि बालुवाटार नगइ प्रधानमन्त्री खुलमटारस्थित निवासमा फर्किनुहुन्छ ।’

शुक्रबार उपस्थित २५८ सांसद मध्ये प्रचण्डले जम्मा ६३ सांसदको मात्रै समर्थन पाएका थिए । उनको प्रस्तावको विपक्षमा १९४ मत पर्‍यो ।

प्रचण्डले विश्वासको मत नपाएसँगै अब कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारीमा छन् ।

प्रचण्ड प्रधानमन्त्रीबाट डेढ वर्षमा पदमुक्त भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्