२६ असार २०८३, शुक्रबार

चीन र रूसबीच झानजियाङ शहर नजिकै संयुक्त सैन्य अभ्यास

असार २८, २०८१
काठमाडौं
चीन र रूसबीच झानजियाङ शहर नजिकै संयुक्त सैन्य अभ्यास

चिनियाँ र रूसी सशस्त्र बलले दक्षिण चीनको झानजियाङ शहर नजिकैको पानी र हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास शुरू गरेको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ताले शुक्रबार बताएको छ ।

'चीन–रूस वार्षिक सैन्य संलग्नता योजना र द्विपक्षीय सम्झौता अनुसार सञ्चालन गरिएको  ‘संयुक्त समुद्री अभ्यास २०२४’ जुलाईको मध्यसम्म चल्नेछ,' प्रवक्ता झाङ सियाओगाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

'यसको उद्देश्य समुद्री सुरक्षा खतरालाई संयुक्त रूपमा सम्बोधन गर्ने, विश्वव्यापी र क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने सेनाको सङ्कल्प र क्षमताहरू प्रदर्शन गर्नु हो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्