१९ असार २०८३, शुक्रबार

दक्षिणकालीमा पर्खाल भत्किँदा बालिकाको मृत्यु

असार २८, २०८१
काठमाडौं
दक्षिणकालीमा पर्खाल भत्किँदा बालिकाको मृत्यु

काठमाडौंको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ ।

सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार दिउँसो उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए ।

घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको उनले बताए ।

घटनाबारे जानकारी पाएलगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरेको थियो ।

घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्