०५ असार २०८३, शुक्रबार

सगरमाथा आरोही शेर्पालाई कामपाको सम्मान

असार २८, २०८१
काठमाडौं
सगरमाथा आरोही शेर्पालाई कामपाको सम्मान

 काठमाडौँ महानगरपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोही छेपा शेर्पालाई आज सम्मान गरेको छ । कामपा वडा नं ४ ले वडाको नामाङ्कित ब्यानर सगरमाथामा फहराउने शेर्पालाई सम्मान गरेको हो ।  

शेर्पाले गत जेठ ८ गते वडाको फ्लेक्स ब्यानर सगरमाथाको चुचुरोमा फहराएका थिए । उनी वडा नं ४ को स्थायी बासिन्दा समेत छन् । वडास्तरीय दौड प्रतियोगिताको समापन कार्यक्रममा शेर्पालाई सम्मान गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्