२३ असार २०८३, मंगलबार
नयाँ सरकार गठनको प्रक्रिया

राष्ट्रपतिबाट संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान

असार २८, २०८१
काठमाडौं
राष्ट्रपतिबाट संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत नपाएपछि संविधानविद्सँग छलफल गरेका राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । 

दाबी पेस गर्नका राष्ट्रपति पौडेलले असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) मा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रावधान छ ।

असार १७ गते नै नयाँ सरकार बनाउन सहमति गरेका कांग्रेस र एमालेले पनि ७६(२) अनुसार सरकार गठन गर्ने दाबी गर्दै आएका थिए ।

यी दुई दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भइसकेको छ । सोही अनुसार कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन सांसदहरूको हस्ताक्षर जुटाइसकेका छन् ।​​

संविधानविद्हरूले पनि बहुमतीय प्रक्रियाबाट स्थिर सरकार बन्ने स्थितिमा संविधानको धारा ७६(३) मा जान नहुने सुझाव राष्ट्रपतिलाई दिएका थिए ।

प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा ६३ मत पर्दा विपक्षमा १९४ सांसदको मत परेको थियो । जुन संसद्को दुई तिहाइभन्दा बढी मत हो ।

 

null

salt training

कमेन्ट गर्नुहोस्