३० असार २०८३, मंगलबार

बिहारमा चट्याङ लागेर ४ जनाको मृत्यु

असार २९, २०८१
काठमाडौं
बिहारमा चट्याङ लागेर ४ जनाको मृत्यु
सांकेतिक तस्वीर ।

नयाँ दिल्ली– भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

गएको २४ घण्टामा राज्यका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले सात जिल्लालाई प्रभावित गरेको छ ।

‘विगत २४ घण्टामा चट्याङका कारण सिवानमा दुई र सुपौल र रोहतास जिल्लामा एक–एक जनाको मृत्यु भएको छ,’ मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्षाको समयमा खेतमा काम गर्ने र रुखमुनि आश्रय लिने मानिसहरूको चट्याङ लागेर मृत्यु भएको रिपोर्टहरूमा जनाइएको छ ।

बिहारका मुख्यमन्त्री नीतिश कुमारले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै उनीहरूलाई आर्थिक राहतको घोषणा गरेका छन् ।

मुख्यमन्त्रीले मानिसहरूलाई खराब मौसममा सतर्क रहन र आँधीबेहरीको समयमा घरमै बस्नलगायत विपद् व्यवस्थापन विभागले जारी गरेका सुझावहरू पालना गर्न आग्रह गरेका हुन् ।

सोमबार चट्याङ लागेर राज्यमा १२ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई हप्तामा बिहारमा चट्याङका कारण ४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।
हरेक वर्ष मनसुन शुरू भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्