०५ साउन २०८३, मंगलबार
प्राकृतिक प्रकोप अपडेट

त्रिशूलीमा दुई बस बेपत्ता घटनाः आज बिहानैदेखि खोज्न शुरू

असार २९, २०८१
काठमाडौं
त्रिशूलीमा दुई बस बेपत्ता घटनाः आज बिहानैदेखि खोज्न शुरू

चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज (शनिवार) बिहानैदेखि शुरू गरिएको छ ।

बेपत्ता दुई बस शुक्रवार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोज्ने काम शुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले लोकान्तरलाई जानकारी दिए । 

यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रवारका लागि स्थगित भएको थियो । त्रिशूलीमा खसेका दुई बस बिहानैदेखि खोजिए पनि साँझसम्म नभेटिएकाले स्थगित गरिएको थियो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको थियो । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको छ । 

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो । 

दुई बसमा सवार कम्तीमा ४८ यात्रु हराइरहेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्