२७ असार २०८३, शनिबार

मन्त्री टुंगो लगाउन कांग्रेसले बोलायो बैठक

असार २९, २०८१
काठमाडौं
मन्त्री टुंगो लगाउन कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

बैठकले केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने कांग्रेसले जनाएको छ । 

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । 
ओलीको आइतबार शपथ हुने र लगत्तै मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्