१३ असार २०८३, शनिबार

बैंककमा मनाइयो भानुजयन्ती

असार २९, २०८१
काठमाडौं
बैंककमा मनाइयो भानुजयन्ती

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले नेपाली भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।​

भानुजयन्तीका अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका सङ्घसंस्थाहरूको सहभागितामा आयोजना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली मूलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततिलाई नेपाली भाषा साहित्यका बारेमा जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो ।

भाषा सिकाइ तथा प्रशिक्षणमा प्रोत्साहित गर्न यस वर्षदेखि भानुजयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी सङ्घसंस्थासँगको सहकार्यमा भाषा साहित्य कार्यक्रम विशेष रूपमा आयोजना गर्नु उपयुक्त हुने उनले बताए ।

त्यसका लागि दूतावासबाट सधैं सहयोग हुने उनले प्रतिबद्धता जनाए ।​​

गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली सङ्घका अध्यक्ष लक्ष्मण केसी, भाषा साहित्य संस्थाका प्रतिनिधि तथा बालसाहित्यकार र कलाकारको सहभागिता रहेको उक्त कार्यक्रममा राजदूतावासका नियोग उपप्रमुख प्रकाश अधिकारीले समापन मन्तव्य राखेका थिए ।

कार्यक्रममा २५ जना  साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल साहित्यकारलाई नेपाली भाषासम्बन्धी पुस्तक वितरण गरिएको थियो । 

विश्वयुद्धपछि थाइल्याण्डको पिलोकमा बसोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्माबाट विभिन्न समयमा बसाइँसरी थाइल्याण्ड गएका विभिन्न कालखण्डमा नेपाल, भारत, भूटानलगायत मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मूलका थाई नागरिकहरू, हाल थाइल्याण्डमा काम गरी बसेका नेपाली मूलका म्यान्माका नागरिकको उल्लेख्य सङ्ख्यामा नेपाली भाषीहरू थाइल्याण्डमा बसोबास छ । 

लामो समयदेखि नेपालबाट अध्ययन, अध्यापन, व्यवसाय तथा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली छन् ।

salt training

कमेन्ट गर्नुहोस्