३२ असार २०८३, बिहीबार

म्यान्मारको याङ्गुन नदीबाट निकालियो​​ पाँच जनाको शव

असार २९, २०८१
काठमाडौं
म्यान्मारको याङ्गुन नदीबाट निकालियो​​ पाँच जनाको शव

म्यानमारका उद्धारकर्ताहरूले व्यावसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार उक्त डुङ्गा बुधबार अर्को जहाजसँग ठोक्किएपछि याङ्गुन नदीमा डुबेको थियो ।

'उद्धारकर्ताहरूले नदीबाट पाँच जनाको शव फेला पारेका छन्,' अग्नि नियन्त्रण सेवाले सेवाले शुक्रबार राति फेसबूकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तीन जना पुरुष, एक १६ वर्षीय बालक र एक १२ वर्षीया बालिकाको शव याङ्गुन जनरल अस्पतालमा पठाइएको विज्ञप्तीमा जनाइएको छ ।

अल्पविकसित यातायात र कमजोर रूपमा लागु गरिएका सुरक्षा नियमहरूका कारण म्यानमामा डुङ्गा दुर्घटनाका घटनाहरू सामान्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्