३१ असार २०८३, बुधबार

कोरला नाकामा भवन निर्माण

असार २९, २०८१
मुस्ताङ
कोरला नाकामा भवन निर्माण

 मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्धार केन्द्रको भवन निर्माण गरेको छ ।  

पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रविधिको छकोठे एकतले भवन निर्माण गरेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठले सुरक्षा निकाय र आपत्कालीन अवस्थामा उद्धारका लागि भवन निर्माण गरिएको जानकारी दिए। 

“संरचना तयार भइसकेको भवन हस्तान्तरण र फर्निचर व्यवस्थापन भएपछि प्रयोगमा ल्याउन सकिन्छ”, उनले भने, “भौगोलिक विकटता, प्रतिकूल वातावरणका बाबजुद काम थालेको एक महिनामै भवन तयार भएको छ ।” 

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ भवन नहुँदा सुरक्षाकर्मी, भन्सारका कर्मचारी, व्यवसायी र पर्यटकहरुलाई समस्या भएको थियो । 

भूकम्प प्रतिरोधात्मक र वातावरण अनुकूलित भवनमा भान्सा कोठा, बैठक हल र कार्यालय प्रयोजनका लागि चारवटा कोठा बनाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकाले बताए । भवन रु ४० लाख २५ हजार नौ सय ९९ मा निर्माण गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्