०५ साउन २०८३, मंगलबार
मुलुकले नयाँ प्रधानमन्त्री पाउँदै

ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमवार शपथ

असार ३०, २०८१
काठमाडौं
ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमवार शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई आज (आइतवार) साँझ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान  गरेका थिए ।

सो आव्हानअनुसार एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् । 

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् ।

आज समय ढिला हुने भएकाले सोमवार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।

प्रधानमन्त्रीले शपथ लिएपछि सकेसम्म एकैपटक नभए दोस्रो पटकमा सरकारका सबै मन्त्रीको टुंगो लाग्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

यसअघि २२ वटै मन्त्रालय दुई दलले मात्रै भागबन्डा गर्ने तयारी भएको थियो । तर, सरकारलाई अन्य साना दलले पनि समर्थन गर्ने भएका छन् । यस्तोमा साना दललाई पनि तीनदेखि चारवटा मन्त्रालय दिनुपर्ने बाध्यता कांग्रेस र एमालेलाई आएको छ । 

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ र नेकपा (एकीकृत समाजवादी)का १० गरी ६३ सांसद उभिएका थिए । विपक्षमा १९४ सांसद देखिएका थिए । अर्थात् नयाँ सरकार गठनको सहमति गरेका कांग्रेस र एमालेको पक्षमै अधिकांश दल देखिएका हुन्।

नयाँ सरकारको पक्षमा कांग्रेस, एमालेसँगै जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी पनि उभिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्