२६ असार २०८३, शुक्रबार
बस बेपत्ता अपडेट

त्रिशूलीमा दुई बस बेपत्ता घटनाः आज बिहानदेखि पुनः खोजी कार्य शुरू गरिने

असार ३०, २०८१
काठमाडौं
त्रिशूलीमा दुई बस बेपत्ता घटनाः आज बिहानदेखि पुनः खोजी कार्य शुरू गरिने

त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज (आइतवार) बिहानबाट शुरू हुने भएको छ ।

बिहान ७-८ बजेबाट पुनः काम शुरू गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शुरूकै दिनदेखि प्रहरीलगायत सुरक्षा निकायले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले शनिवार साँझदेखि खोजी कार्य रोकिएको थियो ।  

प्रजिअ यादवका अनुसार आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराेले बगाएर बेपत्ता भएका बसका यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । शनिवार तीनवटा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् । साहको शव शनिवार बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो । माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । 

शुक्रवार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्