२२ जेठ २०८३, शुक्रबार

सरकार फेरिने भएपछि त्रिवि सभा बैठक स्थगित

असार ३०, २०८१
काठमाडौं
सरकार फेरिने भएपछि त्रिवि सभा बैठक स्थगित

सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ ।

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड संसद्मा विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो । 

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।

यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो ।

यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्