२९ जेठ २०८३, शुक्रबार

माछापोखरीमा डुबेर १ जनाको मृत्यु

असार ३०, २०८१
गोरखा
माछापोखरीमा डुबेर १ जनाको मृत्यु

गोरखामा माछापोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।​

मृत्यु हुनेमा पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ वर्षीय विपिन नेपाली छन् । 

नेपालीको आइतबार दिउँसो माछापोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

आज दिउँसो पाँच जना साथीसँगै पोखरीमा पौडी खेल्ने गएका नेपालीको मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्