
तमोर नदीको जल सतह सतर्कता तह नजिक पुगेको छ । पाँचथरस्थित माझिटार जल मापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीको जलसतह बढ्दो क्रममा रहेकाले तमोर नदीको सप्तकोशीको दोभानसम्मको तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा भागहरूमा दिउँसोसम्म उच्च सतर्कता महाशाखाले अनुरोध गरेको छ ।