२२ जेठ २०८३, शुक्रबार

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले गरे ट्रम्पमाथि भएको घातक हमलाको निन्दा

असार ३१, २०८१
काठमाडौं
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले गरे ट्रम्पमाथि भएको घातक हमलाको निन्दा

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । केही समयअघि राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले आक्रमणमा मारिएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरे ।

उनले अमेरिकी समाजमा हुने हिंसाको बारेमा भने, 'हामी यो बाटोमा जान सक्दैनौं । यसमा हामी पनि जानु हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौं ।'

ओभल अफिसबाट दश मिनेटभन्दा कमको सम्बोधनमा उनले राष्ट्रिय एकतामा जोड दिए । 

यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूमाथि लगाइएको आरोपबारे केही भनेनन् । धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पविरूद्ध विभाजनकारी भाषणलाई बढावा दिएको आरोप लगाएका छन् ।

एक बन्दुकधारीले आइतबार ट्रम्पमाथि गोली प्रहार गरेका थिए । गोली ट्रम्पको धेरै नजिक पुगेको थियो । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बीबीसी
 

salt training

कमेन्ट गर्नुहोस्