२१ जेठ २०८३, बिहीबार

टिचिङ अस्पतालको शिशु शल्य चिकित्सा विभागमा अत्याधुनिक इसीजी मेसिन

असार ३१, २०८१
काठमाडौं
टिचिङ अस्पतालको शिशु शल्य चिकित्सा विभागमा अत्याधुनिक इसीजी मेसिन

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शिशु शल्य चिकित्सा विभागमा अत्याधुनिक प्रविधिको इसीजी मेसिन हस्तान्तरण गरिएको छ ।

सांसद प्रदीप पौडेलले विभागमा बुधबार आयोजित एक समारोहका बीच विभाग प्रमुख डा. गेहराज दाहाललाई इसीजी मेसिन हस्तान्तरण गरे । समारोहमा शिशु शल्य चिकित्सक डा. दिनेश कोइराला तथा विचाग इन्चार्ज विमला वैद्य लगायतको उपस्थितिमा मेसिन हस्तान्तरण गरिएको थियो ।  

सान्भी फाउन्डेसन अष्ट्रेलियाले अत्याधुनिक १२ लिडको मोनिटरसहितको इसीजी मेसिन दिएको हो । 

शिशुहरूको मुटु सम्बन्धी समस्याहरू सहज रुपमा पहिचान गर्न यस मेसिनले सहयोग गर्नेछ । साथै बिरामी भएकै ठाउँमा लैजान मिल्ने 'पोर्टेबल' मेसिन भएकाले झनै सहज हुने विभाग प्रमुख डा. गेहराज दाहालले बताए ।

भविष्यमा अत्याधुनिक शिशु अप्रेसन थिएटर आवश्यक रहेको समेत बाल शल्यचिकित्सक डा. कोइरालाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्