२५ जेठ २०८३, सोमबार

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध, आवागमन रोकिँदा मनाङवासी समस्यामा

असार ३१, २०८१
लमजुङ
पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध, आवागमन रोकिँदा मनाङवासी समस्यामा

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मर्स्याङदी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक  खुलाउन प्रहरी प्रस्थान गरिसकेको जानकारी दिए । 

सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । 

चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । 

आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्