
नेपाली कांग्रेसको डा शेखर कोइराला–गगन थापा पक्षले मन्त्रीमा चार नयाँ अनुहारलाई पठाउने भएको छ ।
कांग्रेस महामन्त्री थापाले आफूहरूले चार नयाँ नाम टुंगो लगाएको जानकारी दिए ।
शेखर–गगन पक्षबाट सहमहामन्त्री बद्रि पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य, तेजुलाल चौधरी खेलकुद र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने भएका हुन् ।
यी चारजना नै पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।