२६ असार २०८३, शुक्रबार

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

असार ३१, २०८१
जुम्ला
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो ।

मशिन परिचालन गरी आज दिउँसो ३ः३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए ।

वर्षाका कारण सो स्थानहरूमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै रोकिएका  थिए ।

वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्