२४ जेठ २०८३, आइतबार

सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण

असार ३१, २०८१
काठमाडौं
सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेका छन् ।​

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उनले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानूनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गरेका छन्। 

मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशनसमेत दिए ।

'नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैं तपाईहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानूनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपूर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोला,' उनले भने ।

नेकपा एमालेका उपमहासचिव गुरुङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री रहेका थिए ।

विज्ञान विषयमा स्नातक मन्त्री गुरुङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति शुरू गरेका थिए । उनी २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कूल, भोर्लेटार लमजुङमा अनेरास्ववियुकोतर्फबाट स्ववियु सचिव निर्वाचित भएका थिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसकेका गुरुङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्