
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ बसेको बैठकले गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तै बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सरकारले बाढीपहिरो लगायतका विपद्मा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकसरह राहत दिने भएको छ ।