३१ असार २०८३, बुधबार

अरबमा गुगलले खोज्यो कतै रेकर्ड नभएको प्राचीन द्वार

कात्तिक २०, २०७४
अरबमा गुगलले खोज्यो कतै रेकर्ड नभएको प्राचीन द्वार

वैज्ञानिकले गुगल अर्थ इमेजरीको मद्दतद्वारा साउदी अरबमा पत्थरको ४०० ढाँचा पत्ता लगाएका छन् । ती ढाँचालाई पहिले कुनै पनि दस्तावेजमा समावेश गरिएको पाइएको छैन । यी ढाँचालाई ‘गेट्स’ नामले चिनिँदै आएको छ ।

युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा अनुसन्धानकर्ता डेविड केनेडीले बताए अनुसार साउदी अरबलाई सुख्खा पहाड र रेगिस्तानका रुपमा हेर्ने गरिन्छ । तर यी स्थानमा धेरै सङ्ख्यामा पुरातात्विक स्थल पनि छन् । त्यस्ता स्थल अझै भेट्न बाँकी छ ।

केनेडीका अनुसार माथिबाट हेर्दा गेटजस्तो देखिने भएकाले यसलाई गेट भनिएको हो । अनुसन्धाताले यसलाई जनावरलाई फसाउनका लागि प्रयोग हुने जाल वा चिहान स्थल देखिन्छ । तर, यसको उद्देश्य के हो भन्ने पक्ष भने अझै रहस्य बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्